Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरी एकेडेमीको जग्गा व्यक्तिको नाममा दर्ता गर्न खोज्ने एक जना पक्राउ


    बुधबार, मंसिर ६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई भोगचलनका लागि दिइएको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने खोजेको आरोपमा एक जना पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काभ्रेको पनौती नगरपालिकास्थित सुनथानका ६७ वर्षीय पुस्करबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

    सरकारले सुनथानस्थित वन क्षेत्रको जग्गा प्रतिष्ठानलाई भोगचलनका लागि दिएको थियो । बस्नेतले उक्त जग्गाको केही भाग व्यक्तिको नाममा ल्याउन सरकारी कागजात कीर्ते गरेको आरोप लागेको छ ।

    प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई महाराजगञ्जबाट काभ्रेको पनौती सार्न सरकारले जग्गा उपलब्ध गराएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार