काठमाडौं । कर्णाली प्रदेशमा नेकपाको जारी विवाद मिलाउन पार्टीका प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन् । आफ्नै पार्टीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर केन्द्रलाई समेत तरंगित बनाएको सो विवादमा अनेक ट्विस्ट आइसकेको छ ।
कर्णालीको विवादले गम्भीर रुप लिएपछि अविश्वासको प्रस्ताव ल्याउने पक्ष र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई छलफलका लागि प्रम ओलीले काठमाडौं बोलाएका हुन्। यस्तै अनेक ट्विस्ट ल्याउने गरी भैरहेको गतिविधि बन्द गर्न समेत दुबै पक्षलाई आग्रह गरिएको नेकपा स्रोतले जानकारी दिए ।
आज नै प्रधानमन्त्री ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइ दुबै पक्षलाई बोलाउन निर्णय भएको बालुवाटार स्रोतले बताएको छ । दुबै पक्षलाई सहमत गराउने गरी बोलाइएको समेत ती स्रोतको दावी छ । अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गर्ने यामलाल कँडेल र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको पक्षलाई बोलाइएको हो ।
यसअघि मंगलबार नै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल पक्षका ७ जनाले हस्ताक्षर फिर्ता लिने घोषणा गरेका थिए। यस्तै शाहीले मंगलबार नै प्रदेश सभामा नेपालपक्षीय सांसद कुर्मराज शाहीलाई सचेतक तोकिसकेका छन्। यस्तै नेपालनिकट सांसदलाई एक मन्त्रालयसहित महत्वपूर्ण नियुक्तिमा बाँडफाँड गर्ने सहमति समेत भएको बताइएको छ।
यसैबीच प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेर अविश्वास प्रस्ताव अगाडि नबढाउन र तुरुन्त काठमाडौं आउन निर्देशन दिएका हुन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend