काठमाडौँ । कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा एक भारतीय नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । सघन कक्ष (आईसीयू) मा उपचार गराइरहेका २४ वर्षीय युवकको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले कञ्चनपुरको झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती युवकको बिहीबार उपचारको क्रममा निधन भएको पुष्टि गरे ।
अध्यक्ष साउदका अनुसार ती युवकमा सुगरको समस्या देखिएको थियो भने निमोनियाको समेत आशंका गरिएको थियो ।