Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माइतीघर क्षेत्रमा निषेध गरिएपछि राष्ट्रिय युवा संघले तिनकुनेमा कार्यक्रम गर्ने


    सोमबार, मंसिर ४ २०८०
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले मंसिर ७ गते गर्ने भनेको ‘युवा-विद्यार्थी विशेष कार्यक्रम’ काठमाडौंस्थित तिनकुनेमा गर्ने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको क्षेत्रलाई सोमबारदेखि ३० दिनसम्म लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरेपछि संघले आफ्नो कार्यक्रमको स्थान परिवर्तन गरेको हो ।

    कार्यक्रम निर्धारित मिति र समयमै उक्त स्थानमा हुने संघका अध्यक्ष क्षितिज थेबेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार