Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो कोकिनसहित भारतीय नागरिक पक्राउ


    सोमबार, मंसिर ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौंस्थित त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थलबाट झन्डै दुई किलो कोकिनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

    कतारको दोहाबाट काठमाडौं आएको जहाजकी एक जना यात्रुको साथबाट कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीको लागु औषध अनुसन्धान ब्युरोको टोलीले सोमबार बिहान १० बजेतिर भारतीय नागरिकलाई विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

    इथोपियाबाट दोहा हुँदै आएकी भारतको मिजोरोम राज्यकी करिब ३२ वर्षीया नागरिक किमरो साँगी पक्राउ परेकी हुन्।

    उनको साथबाट प्रहरीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको छ।

    काठमाडौं आएकी उनी भुटान जाने तयारीमा थिइन्। यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार