Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • कर्णालीका मुख्यमन्त्री हटाउने अभियान संकटमा


    मंगलबार, असोज २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने अभियान संकटमा परेको छ । शाहीलाई हटाउनका लागि भन्दै दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको एउटा समूह पछि हटेसँगै अभियान संकटमा परेको हो । 

    शाहीलाई हटाउन त्यहाँको ओलीपक्षीय समूहलाई आइतबार साथ दिएको माधव नेपाल पक्ष आज मंगलबार पछि हटेको हो। सो समूह हटेसँगै विरोधीको बहुमत नरहेको बताइन्छ । 

    यसअघि संसदीय दलका नेता समेत रहेका शाहीविरुद्ध हस्ताक्षर गरेका नेपाल समूहका ७ सदस्य केन्द्रको निर्देशनपछि पछाडि हटेका छन्। नेकपा कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्मा, केन्द्रीय सदस्य निरज आचार्य, नेकपा सुर्खेतका अध्यक्ष ध्रबु शाही, प्रदेश सभा सदस्य बिन्दमान बिष्ट लगायतका नेताहरूबीच भएको छलफलपछि नेपाल समूहले शाहीलाई नै साथ दिने सहमति भएको हो। 

    शाहीलाई हटाउन हस्ताक्षर गरेकाहरुबीचमै विभाजन आएपछि सो प्रदेश सरकारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीनिकट केही मन्त्रीहरुले भने राजीनामा दिने तयारी गरेका थिए। तर उनीहरुलाई पनि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले राजीनामा नगर्न सुझाव दिएको बताइएको छ ।

    यस्तै अब कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ। जसमा नेपाल समूहले ३ मन्त्री पाउने सहमति भएको स्रोतले जानकारी दिएको छ । उनका अनुसार नेपाल समूहले सचेतक समेत पाउनेछ।

    सहमतिपछि नेपाल समूह बहुमत सदस्यले गर्न लागेको संसदीय दलको बैठकमा सहभागी भएको छैन। मंगलबार दिउँसो दलको कार्यालय वीरेन्द्रनगरमा बैठक बोलाइएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार