काठमाडौं । कर्णाली प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद बढ्ने क्रम रोकिएको छैन ।
संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै चर्केको विवाद अहिले प्रमुख सचेतक हटाउनेसम्म आइपुग्दा संकटको रुप लिइसकेको छ ।
आइतबार शाहीविरुद्ध तत्कालीन एमालेका १५ र माओवादी केन्द्रका ३ गरी १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। अविश्वासको प्रस्ताव दर्ता भएसँगै केन्द्रमा समेत यसको तरंग आइपुगेको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाहीविरुद्धको अभियान रोक्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरिसकेका छन् । उनले अहिलेको विवाद बढ्दा यसको चौतर्फी असर पर्ने भन्दै प्रस्ताव फिर्ता लिनका लागि दबाब दिएका हुन् । सोसँगै विवाद मिलाउने प्रयास सुरु भैसकेको छ ।
नेता नेपालले शाहीलाई सच्चिने मौका दिनुपर्ने भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिनुपर्ने बताइसकेका छन् । यस्तै प्रम ओली पनि अविश्वासको प्रस्तावको पक्षमा नरहेको नेकपा निकट स्रोत बताउँछ ।
शाहीविरुद्ध हस्ताक्षर गर्नेमध्ये आठ जना सांसद नेपालनिकट छन्। उनी पनि यो प्रस्तावको विरुद्धमा रहेकाले प्रस्ताव पारित हुने सम्भावना कम रहेको ती स्रोतको दावी छ । अहिले यो प्रस्ताव फिर्ता गराउनका लागि केन्द्रमा प्रदेश इञ्चार्ज तथा स्थायी कमिटी सदस्य जनार्दन शर्मा सक्रिय भएका छन्। यस्तै वीरेन्द्रनगरमा नेपाल पक्षधर केन्द्रीय सदस्य निरज आचार्यले पनि अभियान सुरु गरिसकेका छन् ।
अहिलेसम्म पूर्वमाओवादीबाट सांसद बनेका दुई र नेपाल पक्षका केहीले हस्ताक्षर फिर्ता लिने मानिसकेको बताइएको छ ।
तर सांसद धर्मराज रेग्मी लगायतका केही सांसद भने हस्ताक्षर गरिसकेकाले ब्याक हुन नसक्ने बताइरहेका छन् ।यस्तै माधव नेपाल निकट सांसद पनि सहजै यो विषयबाट ब्याक हुन नचाहेको बुझिएको छ ।
कर्णाली प्रदेशमा नेकपाको ३३ सांसद छन् । १८ जनाले उनीविरुद्ध हस्ताक्षर गरेकाले संसदीय दलमा शाही अल्पमतमा परेका छन्। संसदीय दलमा अल्पमतमा परेसँगै उनको सरकार पनि ढल्ने सम्भावना छ । तर केही सांसदले मात्र पनि निर्णय परिवर्तन गरेमा यो प्रस्ताव तुहिने बताइन्छ । तर यसरी प्रस्ताव तुहिदा सो प्रदेशको आन्तरिक राजनीतिमा दीर्घकालिन असर पर्ने भएकाले दुबै पक्षलाई विन-विनको अवस्थामा ल्याउने विषयमा छलफल चलेको छ ।
जारी विवादमा भने मुख्यमन्त्री शाहीले पनि विरोधी विरुद्ध कडा कदम चालेका छन्। उनले सोमबार संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरेका छन्। उनको ठाउँमा आफूनिकट सांसद सीता नेपालीलाई जिम्मेवारी दिएका छन्। शाहले आइतबार राति नै मंगलबार दिउँसो १ बजेका लागि बैठक डाकेका थिए।
संसदीय दलका नेता शाहीले शाहलाई आइतबारकै मिति राखेर पदमुक्त गरेको पत्र थमाएका छन्। नवनियुक्त प्रमुख सचेतक नेपालीले शाहले डाकेको भोलिको बैठक खारेज गरिदिएकी छन्।
उनले संसदीय दलको बैठक कार्तिक ७ गतेको लागि तोकिदिएकी छिन् ।संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको १५ दिनभित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ। सोही अनुसार उनले नयाँ मिति तोकेको हुन् । तर यता विरोधी समूह भने आजै बैठक बस्ने तयारी गरेको बताइरहेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend