Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतबाट भन्सार छलेर ल्याएको ३ हजार कुखुरा नष्ट


    शनिबार, मंसिर २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल। भारतबाट भन्सार छलेर ल्याइएको झन्डै ३ हजार कुखुरा भन्सार कार्यालयको पशु क्वारेन्टाइनले नष्ट गरेको छ ।

    भारतबाट अबैध बाटो हुँदै ल्याइएका तीन गाडी कुखुरा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका प्रहरीले भन्सार बुझाएपछि क्वारेन्टाइनमार्फत कुखुरा नष्ट गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    स्थानीयले कञ्चन गाउँपालिका–१, हात्तीबजारमा लु २ च ४८६१, बुटवल उपमहानगरपालिका–१४ बेलभरियामा लु २ च ६९०३ र देवदहमा लु १ च ५८९६ नम्बरको बलेरो गाडीसहित अवैध कुखुरा पक्राउ गरेका थिए ।

    स्थानीय युवाहरूले पक्राउ गरेका कुखुरासहितका गाडी सालझण्डी, बुटवल र देवदह प्रहरी चौकीलाई बुझाइएको तामनगरका युवा ईश्वर सुवेदीले बताए । तीनवटै प्रहरी युनिटले पक्राउ परेका गाडीसहितका कुखुरा क्वारेन्टाइन चेकपोस्टमा पठाएको थियो ।

    अनुसन्धानमा खरिद बिलबिना भन्सार छले ल्याइएको देखिएपछि क्वारेन्टाइनले कुखुरा नष्ट गरी गाडी भन्सार चलान गरेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार