महेन्द्रनगर । त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको चाँडोभन्दा चाँडो रिहाइका लागि पहल गरिदिन आज परराष्ट्रमन्त्री एनपी साउदसित अनुरोध गरेका छन् ।
मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले सो आग्रह गरेका हुन् ।
‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु पर्यो’, मन्त्री साउदलाई विपिनका बुबाआमाले भने, ‘छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनु पर्यो ।’
भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाएका थिए ।
भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend