खोटाङ । ज्यालादारी मजदुरलाई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडाका खाद्यान्न वितरण भइरहेको छ।
विश्वभ। फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’का कारण दैनिक ज्यालादारी काम गर्न नपाउँदा हातमुख जोर्नै नसक्ने अवस्थामा पुगेका सर्वसाधारण मजदुरलाई नगरपालिकाले वडा कार्यालयमार्फत खाद्यान्न वितरण सुरु गरेको हो।
विहान बेलुकाको छाक टार्न ज्यालादारीको काम गर्दै आएका निम्न आर्थिकस्तरका परिवारलाई ‘लकडाउन’को अवधिमा भोको नराख्ने निति अनुसार विपन्न परिवारलाई चैत २० गतेदेखि चामल, दान, नुन, तेल लगायतका भान्छामा उपयोग हुने खाद्य सामग्री वितरण सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए। १५ वडा रहेको नगरपालिकाका विभिन्न वडामा ज्यालादारी मजदुर बाहेक अन्य आयश्रोत नभएका परिवारलाई पहिचान गरेर खाद्यान्न वितरण भइरहेको नगरपालिकाले जनाएको छ।