Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली नोटसहित २ जना पक्राउ


    शुक्रबार, मंसिर १ २०८०
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • वीरगञ्ज । पर्साको वीरगञ्जमा नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका ३ का उमेश कुमार छन् ।

    वीरगञ्जको सिटी मार्केटमा कपडा खरिद गरेर नक्कली नोटहरू दिएको सूचना पाएपछि खटिएको प्रहरी टोलीलेउनीहरुलाई पक्रेको जिल्ला प्रहरी कार्यालय पर्सका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

    उनीहरुको साथबाट १ हजार दरका ३८ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार