Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्राधिकरणले भन्यो- आईएसपीहरुले महिनामा २ अर्बको ब्याण्डविथ किन्छन्, तर ७० प्रतिशत टिकटकमै प्रयोग हुन्छ


    शुक्रबार, मंसिर १ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा अहिले मासिक २ अर्ब रुपैयाँको ब्याण्डविथ प्रयोग हुने गरेको पाइएको छ । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले विदेशबाट ब्याण्डविथ किनेर ल्याउने गरेका छन् ।

    नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा आयात हुने ब्याण्डविथको ६५ देखि ७० प्रतिशत टिकटकमा मात्रै प्रयोग हुने गरेको जनाएको छ ।

    प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले नेपालमा मासिक २ अर्बको ब्याण्डविथ आयात हुने बताउँदै त्यसको करिब ७० प्रतिशत टिकटकमा मात्रै प्रयोग हुने गरेको जानकारी दिए ।

    उनले भने, ‘नेपालमा प्रतिमहिना २ अर्ब रुपैयाँ बराबरको ब्याण्डविथ प्रयोग हुने गरेको छ । टिकटकले नेपालको कूल ब्याण्डविथको करिब ७० प्रतिशत ब्याण्डविथ खपत गर्दै आएको छ । यो भनेको करिब १ अर्ब ४० करोडको ब्याण्डविथ टिकटकमा मात्रै प्रयोग भएको थियो ।’

    सरकारले टिकटक बन्द गरेपछि १ अर्ब ४० करोडको ब्याण्डविथ प्रयोग नहुने अनुमान गरेको थियो । तर, सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि टिकटक प्रयोगकर्ताहरुले भने मोबाइलको सेटिङ मिलाएर वा भीपीएन प्रयोग गरेर निरन्तर टिकटक प्रयोग गरिरहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार