Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • रेशम चौधरीलाई आममाफीविरुद्ध रिटको सुनुवाइ न्यायाधीश रेग्मीको इजलासमा


    शुक्रबार, मंसिर १ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

    उक्त रिट तिहारअघि कात्तिक २३ र २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । तिहार पछि आज अदालत खुलेसँगै रिट न्यायाधीश रेग्मीको इजलासमा परेको स्रोतले जनायो।

    टीकापुर घटनामा सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका चौधरीलाई सरकारको सिफारिसमा आममाफी दिइएपछि सो घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो ।

    कडायतले राष्ट्रपतिको निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन माग गर्दै गत जेठ १६ गते सर्वोच्चमा रिट दिएकी थिइन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा चौधरीको जन्मकैदको सजाय मिनाहा गरिएको थियो ।

    सर्वोच्चले चौधरीलाई कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्ने तल्लो तहका अदालतको फैसला सदर गरेको थियो । तर उक्त फैसलाको पूर्णपाठ नआउँदै कैद मिनाहा गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार