Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा. भट्टराईले भने- भ्रष्टाचारको कुरा बाहिर आएपछि ठूलो कम्पन उत्पन्न भयाे


    सोमबार, असोज २६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • वीरगन्ज । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारबारे आफूले बोलेपछि राजनीतिक दलमा ठूलो कम्पन आएको बताएका छन् ।

    जनता समाजवादीका नेता समेत रहेका डा. भट्टराईले सोमबार पर्सामा आयोजित एक कार्यक्रममा अर्बौंको घोटाला भएको दावी दोहोर्‍याउँदै साे कुराले राजनीतिक दलहरूमा ठूलाे हलचल देखिएकाे बताए ।

    ‘भ्रष्टाचारबारे मैले बाहिर बोलेपछि प्रमाण देखाउन भन्दैछन् । बुढीगण्डकी, एनसेल, वाइडबडीमा अर्बौंको घोटाला भएको छ,’ उनले भने, ‘अधिकार सम्पन्न आयोग गठन गरेर छानबिन होस्, यदि बाबुराम दोषी छ भने कारबाही भोग्न तयार छ, के तपाईंहरु तयार हुनुहुन्छ ?’ उनले जनताले तिरेको कर लुट्न नपाइने पनि बताए ।

    जन–लोकपाल गठन गरेर भष्टचारीको सम्पति जफत गर्ने र त्यो सम्पति विकास र समृद्धिमा लगाउने पार्टीको रोडम्याप रहेको उनले सुनाए ।

    हालै गृह जिल्ला गोरखा पुगेर भट्टराईले बुढीगण्डकी आयोनामा ९ अर्ब भ्रष्टाचार भएको र त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै पूर्वप्रधानमन्त्रीहरु नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको मिलोमतो रहेको बताएका थिए । उनको यो अभिव्यक्तिपछि कांग्रेसले वक्तव्य प्रकाशित गरी भट्टराईलाई यसको प्रमाण देखाउन चुनौती दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार