Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुली कारागारमा एक कैदीको मृत्यु


    बिहिबार, कार्तिक ३० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सिन्धुली कारागार कार्यालयमा एक कैदी बन्दीको निधन भएको छ।

    मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापा छन्।

    सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार हिजो कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका विमल आज बिहान ३ बजे बेहोस अवस्थामा फेला परेका थिए।

    उनलाई तत्काल उपचारका लागि सिन्धुली जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

    विमल सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि असोज १७ गतेदेखि थुनामा थिए।

    उनको मृत्युको कारण खुलेको छैन। कारागारमा झगडा भएको भन्ने रिपोर्ट पनि नआएको र बुधबार उनी सकुशल नै सुतेको डिएसपी दाहालले जानकारी दिए।

    विमलको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

    उक्त पोष्टमर्टम रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुने प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार