Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान गयो


    मंगलबार, कार्तिक २८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । धनुषामा इन्डियन ट्रकले ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । सोमबार राति पौने १ बजे ढल्केवरदेखि पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बिबि ८१४७ नम्बरको ट्रकले ज११प१२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा धनुषाधाम नगरपालिका ९ मालटोलमा २ जनाको मृत्यु भएको हो ।

    ट्रकको ठक्करबाट धनुषाधाम नगरपालिका ९ का अन्दाजी १९ वर्षीय राजेश ठोकर र गणेशमान चारनाथ नगरपालिका २ का अन्दाजी १८ वर्षीय टेमा मोक्तानको मृत्यु भएको हो ।

    उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी एवं प्रवक्ता रन्जन अवांंले जानकारी दिए ।

    मृतकहरुको शव अहिले पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम राखिएको छ ।

    ठक्कर दिने नियन्त्रणमा लिइएको तर चालक फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार