Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कञ्‍चनपुरमा फरक-फरक स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु


    सोमबार, कार्तिक २७ २०८०
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कञ्‍चनपुरमा फरक–फरक स्थानमा दुर्घटना हुँदा दुई पैदलयात्रीको ज्यान गएको छ।

    पुनर्वास नगरपालिका-३ मा आइतबार साँझ म १ च ४१५ नम्बरको जिपको ठक्करबाट सोही ठाउँका ६३ वर्षीय मानबहादुर तामाङको ज्यान गएको हो।

    हुलाकी सडक खण्डको कान्छी बजार नजिकै तामाङलाई जिपले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।

    उक्त घटनापछि जिप र चालक प्रहरीको नियन्त्रणमा छन्।

    यस्तै आइतबार राति ८ बजेतिर कञ्चनपुरकै दोधारा चाँदनी नगरपालिका–४ को सडकखण्डमा यूए ०४ सी १३०६ नम्बरको इन्डियन मोटरसाइलले ठक्कर दिँदा सोही ठाउँका ५५ वर्षीय झुसे बोहराको मृत्यु भएको छ।

    मोटरसाइलको ठक्करबाट गम्भीर घाइते बनेका बोहराको उपचारको क्रममा राति मृत्यु भएको डिएसपी डाँगीले जानकारी दिए।

    उनका अनुसार घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार