Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णालीमा बढ्यो नेकपा विवाद, मुख्यमन्त्रीले हटाए प्रमुख सचेतकलाई


    सोमबार, असोज २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद बढेको छ। नेकपाका १८ जना सांसदले मुख्यमन्त्रीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

    सो कदमबाट असन्तुष्ट बनेका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदबाट हटाएका छन्।

    कामकाज सन्तोषजनक नभएको भन्दै प्रमुख सचेतक शाहलाई जिम्मेवारीबाट हटाइएको छ। यसअघि संसदीय दलको नेताको हैसियतमा आफूले विधान अनुसार प्रमुख सचेतकमा शाहलाई नियुक्त गरेको र अहिले काम सन्तोषजनक नभएकाले हटाइएको मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको पत्रका उल्लेख गरिएको छ।

    आइतबार बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दलको विधानअनुसार प्रमुख सचेतक शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका थिए।

    त्यही बैठकबाट अविश्वास प्रस्तावबारे छलफल गराउने तयारी गरेका शाहलाई मुख्यमन्त्री शाहीले पदमुक्त गरेको बताइएको छ। 

    शाहको स्थानमा दलका सचेतक सिताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरिएको छ। शाह पूर्वएमालेबाट निर्वाचित हुन भने नेपाली पूर्वमाओवादीबाट निर्वाचित भएकी हुन्। कर्णालीको विवाद मिलाउन केन्द्र शीर्ष नेता लागेपनि मुख्यमन्त्रीको यो कदमले भने कर्णाली नेकपाको विवाद चर्कने आँकलन गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार