Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरमा लक्ष्मी पूजा गर्न बालेको दियो आफ्नै ज्यानमा सल्किँदा एक वृद्धाको ज्यान गयो


    सोमबार, कार्तिक २७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। लक्ष्मी पूजा गर्न बालेको दियो सल्कँदा हिजो आइतबार एक जनाको ज्यान गएको छ।

    मृत्यु हुनेमा भक्तपुर, मध्युपुर ठिमी नगरपालिका बस्ने ८३ वर्षीया सावित्रादेवी मल्ल रहेको भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

    डिएसपी पाठकका अनुसार उनले तीन तले घरको दोस्रो तलामा लक्ष्मी पूजा गर्न दियो बालेकी थिइन्।

    अचानक दियोको बत्ती आफैंले लगाएको कपडामा सल्किएको ८५ वर्षीय श्रीमान् गुरूप्रसाद दाहालले पानी हाली निभाउने कोसिस गरेको थिए। तर आगो ननिभेपछि सावित्रादेवीको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए।

    उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार