काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सच्चिनुपर्ने र त्यसका लागि मौका दिनुपर्ने मत जाहेर गरेका छन् ।
कर्णाली प्रदेश संसदीय दलका १८ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेता नेपालले यो विचार राखेका हुन् । ती १८ सांसदमा माधव नेपालनिकट सांसद पनि भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपालसँग यो विषयमा कुरा गरेका थिए ।
यतिबेला नेकपाको केन्द्रको राजनीति नै अप्ठ्यारो अवस्थामा रहेकाले प्रदेशमा बखेडा झिक्नु उपयुक्त नहुने लाइनमा नेता नेपाल छन् । सोहीकारण अहिले नै मुख्यमन्त्री हटाउने कदमलाई रोक्नका लागि उनले आफूनिकट नेतालाई सुर्खेत खटाइसकेका छन् ।
स्रोतका अनुसार मुख्यमन्त्रीविरुद्ध पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपाल पक्षधर सांसदहरुको यो कदमपछि प्रचण्डको सक्रियता बढेको हो ।
तर स्थानीय नेताहरु भने मुख्यमन्त्री शाहीको कार्यशैलीबाट चिढिएको बताइन्छ । कर्णालीका प्रदेश कमिटी, संसदीय दललाई उपेक्षा गर्ने उनको स्वभावको कारण यस्तो अवस्था आएको कर्णाली प्रदेशका एक नेकपा सांसदले बताए ।
तर अहिलेको अवस्थामा शाहीलाई हटाउँदा अप्ठ्यारो पर्ने भएकाले नेता नेपाल ब्याक भएको बताइएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली समेत यो कदमप्रति त्यति सकारात्मक नभएको स्रोतको दावी छ । आज बिहान प्रचण्डले प्रम ओलीसँग भेटेर यो कदम रोक्न आग्रह नै गरिसकेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend