Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • नवलपरासी जीप दुर्घटना अपडेट: मृतकको संख्या सात पुग्यो, पाँच जनाको सनाखत


    आइतबार, कार्तिक २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

    मृतकमध्ये पाँच जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जीप चालक बौंदीकाली गाउँपालिका ६ माझडाँडाका २९ वर्षका छनबहादुर आले, सोही वडाको लाहटेकी ५२ वर्षीया कुमारी राना, माझडाँडाकै ५५ वर्षीय टेकमान वानटक्की छन् ।

    यस्तै, बुलिङटार ४ चुलिबोझकी १२ वर्षीया करिष्मा ठाडा, मध्येविन्दु २ मदनपुरका १८ वर्षीय चिरन अर्यालको पनि पहिचान खुलेको छ । दुई जनाको पहिचान खुल्न बाँकी रहेको डीएसपी वेदबहादुर पौडेलले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार