Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • प्रहरीले भन्यो- तिहारका लागि काठमाण्डाैकाे सुरक्षा व्यवस्था मजबुत बनाएका छौँ


    आइतबार, कार्तिक २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। काठमाण्डाै प्रहरीले तिहारमा नागरिकको सुरक्षाका लागि सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएकाे छ ।

    दशैंँमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र सुरक्षा जोखिम, चोरी तथा लुटपाटकाे सम्भावना रहेका ठाउँलाई मध्यनजर गरेर विशेष सुरक्षा प्रबन्ध मिलाइएको काठमाण्डाै प्रहरीले जनाएको हो ।

    काठमाण्डाै प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गरे ।

    उनले जथाभाबी पटाका पड्काउँदा आगलागी लगायतका घटना हुनसक्ने भन्दै त्यस्तो नगर्न आग्रह गरे । उनले लक्ष्मी पूजाका दिन बहुमूल्य गहरगहना प्रदर्शन नगर्न समेत अनरोध गरे । उनले सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार