Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठूलो परिमाणमा पटाका बरामद गरी नष्ट


    आइतबार, कार्तिक २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। विभिन्न स्थानबाट ठूलो मात्रामा पटाका, आतसबाजी तथा लंगुरबुर्जा–खोरखोरेका सामग्री बरामद गरी प्रहरीले नष्ट गरेको छ ।

    विभिन्न स्थानबाट समाजमा आतंक मच्चाउने, ध्वनि प्रदूषण गर्ने खालका सामग्री नियन्त्रणमा लिएको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले बताए।

    प्रहरीले पटाका, आतसबाजी प्याङगुइन कोब्रा खुर्सानी बम ७२ प्याकेट, रकेट बम २० प्याकेट, खुर्सानी बम ४७ प्याकेट, चकलेट बम २४ वटा, आलु बम २५ वटा, बुलेट बम पाँच प्याकेट, सोली बम पाँचवटा, रकेट बम चारवटा, झिरझिरे ८० प्याकेट, एटम बम ४१४ वटा, डबल बम १० वटा, गमला बम १७ वटा, २५ चक्र बम २५ वटा, खुर्सानी बम ९८ सेट (दुई हजार ७४४ पिस), सानो पटका ६ वटा, ठूलो पटाका १२ वटा, चक्री ५० वटा, अनार १० वटा, लसुन १५ वटा नियन्त्रणमा लिएको प्रमुख थापाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार