काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।
कर्णाली प्रदेशमा देखापरेको समस्याका बारेमा दुई बीच भएको छलफल खासै सकारात्मक हुन नसकेको थाहा भएको छ । पूर्व एमाले निकट सांसदहरुले गुटबन्दी गर्दै पूर्व माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै नेकपामा खैलाबैला मच्चिएको थियो ।
विशेषगरी प्रचण्ड लगायतका नेताहरुलाई भने यो घटनाले सशंकित बनाएको बताइएको छ । सोही विषयमा छलफल गर्न दुई अध्यक्ष बिहान ९ बजेदेखि बालुवाटारमा छलफलमा बसेका थिए । अहिलेको समयमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठिक नभएको भन्दै अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीलाई प्रस्ताव फिर्ता गराउन आग्रह गरेका हुन्।
पछिल्लो समय केही मुख्यमन्त्री फेर्दै सन्तुलन कायम गर्नेगरी नेकपाको विवाद मिलेको थियो । तर यहीबीचमा अस्वभाविक कदम चालिएपछि भने नेकपाको विवाद फेरि बल्झिने सम्भावना बढेको छ । विशेषगरी बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री फेर्ने चर्चाको बीच भएको अहिलेको घटनाले भने नेकपाको विवादलाई सिफ्ट गर्ने आँकलन गरिएको छ ।
यो विवादले उग्र रुप लिएको खण्डमा भने अविश्वासको प्रस्तावको श्रृंखला अन्य प्रदेशमा पनि हुने बताइएको छ ।
तर आजको छलफलपछि भने केन्द्रले यो विषयलाई महत्व दिइ समाधान गर्ने तयारी भएको दावी गरिएको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend