Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राज्य व्यवस्था समितिको निर्देशन : भूकम्प पीडितलाई तत्काल अस्थायी आवास


    शनिबार, कार्तिक २५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदको राज्य व्यवस्था समितिले भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

    जाजरकोट लगायतका प्रभावित क्षेत्रमा स्थलगत अध्ययनमा गएको समितिले आज सभामुख देवराज घिमिरेलाई बुझाएको प्रतिवेदनमा तिहारलगत्तै अस्थायी आवास निर्माण गरी पीडितलाई तत्काल उपलब्ध गराउन भनिएको छ ।

    सरकारले भूकम्प प्रभावित क्षेत्रका घरहरुलाई पूर्ण रुपमा क्षतिग्रस्त र आंशिक भनेर छुट्याउने गरेको छ । राज्य व्यवस्था समितिले भने बस्न मिल्ने र नमिल्ने भनेर हेर्न सुझाव दिएको भन्दै समितिका सभापति खतिवडा भन्छन्, ‘ढुंगा, माटोको घर जतिखेर पनि जानसक्छ भन्ने हाम्रो निष्कर्ष रह्यो । त्यस्ता घरलाई छिटो भन्दा छिटो व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छौं ।’

    तिहारलगत्तै अस्थायी टहराहरु निर्माण गरेर भूकम्प प्रभावितहरुलाई राख्नुपर्ने भन्दै समिति उनले भने, ‘त्यसको ५/६ महिना पछाडि सरकारले भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गर्नका लागि पहल गरोस् भन्ने छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार