Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंकिङ कसुरका फरार अभियुक्तहरु पक्राउ


    शनिबार, कार्तिक २५ २०८०
    955
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बैंकिङ कसुरका दुई फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरी जेल चलान गरेको छ । पक्राउ परेका मेचीनगर वडा नं १० की ३७ वर्षीया जुनु तिम्सिनालाई पाँच दिन र विर्तामोड वडा नं २ का ३१ वर्षीय शमशेर कन्दङ्वालाई सात दिनको कैद तोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिजालले जानकारी दिए ।

    उच्च अदालत विराटनगरले अभियुक्त तिम्सिनालाई पाँच दिन कैद, पाँच लाख जरिवाना र २० हजार पीडित राहत कोषमा जम्मा गर्न गत जेठ ३१ गते फैसला गरेको थियो ।

    सोही अदालतको इलाम इजलासले अभियुक्त कन्दङ्वालाई सात दिन कैद, सात लाख ५० हजार जरिवाना र ३० हजार पीडित राहत कोषमा जम्मा गर्न गत वर्षको असोज ५ गते फैसला सुनाएको थियो ।

    शुक्रबार पक्राउ परेका दुवै अभियुक्तलाई झापा जिल्ला अदालतमा पेस गरी जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार