Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोली लागेर दाङमा एक सशस्त्र प्रहरी जवानको मृत्यु


    शनिबार, कार्तिक २५ २०८०
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ । दाङमा गोली लागेर एक सशस्त्र प्रहरी जवानको ज्यान गएको छ ।

    मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन् । चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए ।

    बिहीबार स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला सिकार खेल्न गएका सिकारीले चलाएको गोलीको छर्राले जवान चौधरीको छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए ।

    मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार