Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • कर्णाली सरकारको निर्णय- तिहार लगत्तै भूकम्प प्रभावितका लागि अस्थायी टहरा बनाउने


    शनिबार, कार्तिक २५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सुर्खेत । कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित परिवारहरूलाई अस्थायी टहरा बनाउने निर्णय गरेको छ ।

    प्रदेशको भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित गाउँ बस्तीमा अस्थायी टहरा निर्माण गर्ने भएको हो । उक्त कार्य तिहार लगत्तै अगाडि बढाइने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीले जानकारी दिए ।

    हिजो बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयलाई अस्थायी आवासको व्यवस्थाका लागि आवश्यक काम गर्न जिम्मेवारी प्रदान गरेको थियो । सोही अनुसार भौतिक मन्त्रालयले तयारी थालेको शाहीले बताए ।

    मन्त्री शाहीले अस्थायी टहरा निर्माणमा सहयोग गर्न चाहने इच्छुक दातृ निकाय, साझेदार संघ–संस्थालाई जस्तापाता तथा त्रिपाल सहयोगको आह्वान समेत गरेको छ ।

    जाजरकोट भूकम्पले प्रदेशका ६५ हजार भन्दा बढी घरहरू क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । टहरा निर्माणका लागि ठूलो मात्रामा बजेट आवश्यक पर्ने शाहीले बताए । मन्त्रालयले त्रिपाल र जस्तापातासहित कम्तीमा पनि साढे तीन अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरेको छ ।

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार जाजरकोटको छेडागाड नगरपालिकामा १ हजार ९४५ घरहरू पूर्णरुपमा क्षति भएका छन् भने ४५४५ घर आंशिक क्षति भएका छन् । कुल ६ हजार ४९० घरधुरी विस्थापित भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार