Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घरमा आगलागी हुँदा एक वृद्धाको जलेर मृत्यु


    शुक्रबार, कार्तिक २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दमक। झापाको अर्जुनधारा नगरपािलका– १० मा भएको आगलागी परेर एक वृद्धाको ज्यान गएको छ । बिहीबार राति ९ बजेतिर शिवकुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी हुँदा भाग्न नसकेर शिवकुमार राईकी श्रीमती ७५ वर्षीया दिलकुमारी राईको जलेर मृत्यु भएको हो ।

    यसैगरी, ७३ वर्षीय श्रीमान् राई घाइते भएको प्रहरी जनाएको छ । दुबै खुट्टामा जलेर चोट लागेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको स्थानीयहरुले बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार आगो प्रहरी र स्थानीयवासीको सहयोगमा राति १० बजे नियण्त्रणमा लिइएको थियो । दुई वृद्धवृद्धा बस्दै आएको टहरामा आगलागीको कारण नखुलेको र यस विषयमा छानबिन भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार