Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना महामारीको असरः अमेरिकामा ६६ लाख बेरोजगार 


    शुक्रबार, चैत्र २१ २०७६
    710
    Shares
  • २ मिनेट पाठ
  • न्युयोर्क (एजेन्सी)
    काठमाडौं । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारी तिव्र रुपमा बढे सँगसँगै अमेरिकाको अर्थतन्त्र पनि नराम्ररी धरासायी भएको छ । कोरोना भाइरसको संक्रमणसँगै अमेरिकामा बेरोजगारको संख्या पनि उत्तिकै भयावह बनेको छ  । दुई सातायताको तथ्यांक अनुसार पछिल्लो समयमा बेराजगार भत्ताका लागि आवेदन दिने अमेरिकीहरुको संख्या सबैभन्दा उच्च स्थानमा पुगेको छ । बेरोजगारहरुको यो संख्या बढ्दो छ । 

    अमेरिकी श्रम मन्त्रालयले २८ मार्चसम्ममा आफू बेरोजगार भएको दावी गर्दै आवेदन दिनेको संख्या ६६ लाख भन्दा बढी रहेको जनाएको छ । एक हप्ताअघिको तथ्यांकको तुलनामा यो संख्या दोब्बर भएको बताइएको छ ।

    कोरोना संक्रमणबाट अमेरिकामा ६ हजार १२० जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २ लाख ४५ हजार ८ सय ६९  पुगेको छ । त्यसैगरी १० हजार ४ सय ३ जनाको सफल उपचार भएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना भाइरस संक्रमित संख्या १० लाख १६ हजार ३ सय १० रहेका छन् भने ५३ हजार २ सय ३६ पुगेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार