Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागु औषध कोकिनसहित नागढुङ्गाबाट २ जना भारतीय नागरिक पक्राउ


    शुक्रबार, कार्तिक २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागु औषध कोकिनसहित २ जनालाई पक्राउ गरेको छ। ४७ ग्राम २७ मिलिग्राम कोकिनसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा भारत हरियाणा घर भएका ३३ वर्षीय जोगेन्द्र सिंह र भारत उत्तर प्रदेश मैनपुरी घर भएका ३० वर्षीय विरेश चन्द्रा रहेका छन्।

    प्रहरी प्रभाग नागढुङ्गा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ३२१८ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई लागु पदार्थसहित पक्राउ गरेको हो।

    साथै थप अनुसन्धानका लागि सोही ट्याक्सीका चालकसहित २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार