Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • चितुवाको आक्रमणबाट भक्तपुरमा दुई जना घाइते


    शुक्रबार, कार्तिक २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज बिहान भक्तपुरमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्।

    जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार चितुवाले शुक्रबार बिहान करिब ७ बजे दुई जना महिलालाई आक्रमण गरेर घाइते बनाएको हो। घाइतेहरूको अवस्था सामान्य छ।

    मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ लालीगुँरास टोलस्थित एक घरको कम्पाउण्डभित्र लुकेको चितुवालाई डिभिजन वन कार्यालयको टोलीले डार्ट गरेर नियन्त्रणमा लिने तयारी गरेको छ।

    प्रहरीका अनुसार दुई पटक डार्ट गरिसकिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार