Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भन्सार छली भित्राइएको १ कराेड बढीकाे भण्डारण गरेको अबैध माला भैरहवामा भेटियो 


    शुक्रबार, कार्तिक २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • रूपन्देही । नेपाल सरकारले रोक लगाएको अवस्थामा पनि भारतबाट ल्याइएको ठूलो परिणामको फूलका माला भण्डारण गरिएको अवस्थामा भैरहवामा भेटिएको छ ।

    यस वर्षको दीपावली नजिकिँदै जाँदा रुपन्देहीको भैरहवास्थित एक कोल्ड स्टोरमा ठूलो परिमाणमा फूलको माला भण्डारण गरेर राखेको अवस्थामा फेला परेपनि त्यसलाई छुटाउन राजनीतिक दवाव दिन थालिएका छन् । भारतबाट भन्सार छली भित्राइएको अनुमान गरिएको करोड बढी मूल्य पर्ने फूलको माला भैरहवाको सिद्धार्थ कोल्ड स्टोरमा फेला परेको प्रहरी स्रोतले दाबी छ ।

    छिमेकी देश भारतबाट भन्सार छलेर नेपाल भित्राईएको १ करोड बढी मूल्य पर्ने माला गतरातीदेखि सो कोल्ड स्टोरमा राखिएको स्रोतको दाबी छ । स्वदेशी किसानबाट उत्पादित फूल र फूलजन्य पदार्थलाई प्रवर्द्धन गर्ने सरकारले घोषणा गरिरहँदा रुपन्देहीमा सीमा क्षेत्रहुदै ठूलो परिणाममा अवैध फूल र फूलका माला नेपाल भित्रिएको हो ।

    कोल्ड स्टोरमा फूलको माला फेला परेको रुपन्देही प्रहरीले स्वीकार गरेपनि फेला परेको फूलमाला बैध हो वा अबैध भन्ने खुलाएको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार