Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीको चेतवानी- तिहारमा पटाका पड्काए कारबाही गर्ने


    शुक्रबार, कार्तिक २४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।

    यस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिम हुन सक्ने, चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै प्रहरीले अघिनै सचेत गराएको छ ।

    एक सूचना जारी गर्दै प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री–वितरण र ओसारपसार नगर्न आग्रह गरेको छ । त्यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार