Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • पर्यटनमन्त्रीले भने- राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ


    बिहिबार, कार्तिक २३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राज्यले निजी क्षेत्रलाई हेर्ने नीति बदल्नुपर्ने बताएका छन् ।

    राज्यका तीन खम्बे अर्थ नीति भएपनि निजी क्षेत्रलाई लगानी गर्न सहज वातावरण भने व्यवहारमा नरहेको मन्त्री किरातीले बताए ।

    बिहीबार नक्सालस्थित होटल होलिडे इन एक्सप्रेसको उद्घाटनका अवसरमा मन्त्री किरातीले यस्तो बताएका हुन् ।

    राज्यको अर्थतन्त्र जटिल बन्दै गइरहेको बेला निजी क्षेत्रलाई लगानी गरेर रोजगार तथा आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा मन्त्री किरातीको जोड छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार