Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ


    बिहिबार, कार्तिक २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा । स्रोत नखुलेको ३ लाखभन्दा बढी भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। स्रोत नखुलेको ३ लाख २० हजार भारतीय रुपैयाँसहित भारत ठानाचोक केबुलटोल बस्ने ६२ वर्षीय जैनुल हकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको भारतीय ५ सय दरका नोट ५ सय थान, २ सय दरका नोटको २ सय थान र १ सय दरका नोट ३ सय थानसहित मेचिनगर नगरपालिका–६ स्थित भन्सारबाट पक्राउ गरेको थियो ।

    उनलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार