Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युट्युबर मनोज मानव पक्राउ


    बिहिबार, कार्तिक २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मनोज मानव भनिने मनोजकुमार महतोलाई प्रहरीले पक्राउ गरेक छ । ‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बुधबार (हिजो) साँझ पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए ।

    उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोका एसपी रायले बताए । विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने खालका सामग्री टिकटकमार्फत पोस्ट गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई कसको उजुरीका आधारमा पक्राउ गरिएको भन्नेबारे भने ब्युरोले खुलाएको छैन ।

    मनोज विभिन्न व्यक्तिगत चरित्र हत्या हुने सामग्री बनाएर युट्युबमार्फत ‘भाइरल’ हुँदै आएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार