काठमाडाैँ । नेपाली काँग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना कमिशनका कारण अलपत्र पारेको र त्यसमा काँग्रेस सभापतिसमेतको संलग्नता रहेकोे भन्ने पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको प्रमाण पेश गर्न माग गरेको छ ।
डा भट्टराईले बूढीगण्डकीसम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणी गरेको जनाउँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन्।
“राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुट र अर्थहीन आरोपले, हामी नम्र भाषामा अपिल गर्दछौँ तथ्यको जगमा सत्यको खोजी नगरी केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुनसक्ला तर त्यसले न सम्बन्धित व्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ । यति हेक्का डा भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौँ” प्रवक्ता शर्माद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
विसं २०७५ असोज २१ मा सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै उक्त परियोजना अघि बढाइनुपर्छ भन्ने काँग्रेसको माग रहेको प्रवक्ता शर्माले जानकारी गराए ।
काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला बूढीगण्डकी जलविद्युत् परियोजना सरकार आफैँले निर्माण गर्ने सङ्कल्पका साथ राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा स्वर्णिम वाग्लेको संयोजकत्वमा विशेष समिति गठन गरेको र त्यसले स्वदेशी लगानीबाटै निर्माण गरेर स्वदेशी पूँजीको एकीकृत उपयोग गर्ने क्षमता र अवसरको विकास गर्ने नमूना बन्ने निष्कर्ष प्रस्तुत गरेको थियो ।
देउवा नेतृत्वको सरकारले गराएको सो अध्ययन र निष्कर्षभन्दा वर्तमान सरकार बाहिर गएको आरोप पार्टीले लगाएको छ । साथै डिजेल र पेट्रोल खरीदमा उपभोक्ताबाट प्रतिलिटर रु पाँचका दरले बूढीगण्डकीका लागि उठाइँदै आएको अर्बौको रकमको स्थिति, स्थानीयवासीलाई मुआब्जा वितरण रआयोजनाको भविष्यबारे पार्टीले सरकारसँग प्रश्न गरेको छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend