Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विप्लवसहित २१ दलद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा


    आइतबार, असोज २५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित २१ राजनीतिक दलले सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन् ।

    २१ दलमध्ये २० दलको संगठन कार्यगत एकताको शनिबार बसेको बैठकले सरकारको विरोध गर्दै आम जनताको जनजीविकासहित राष्ट्रियताको मुद्धा लिएर एकजुट भई संघर्ष गर्ने निर्णय गरेको हो।

    बैठकले प्रधानमन्त्री केपी ओली कार्यकालमा राष्ट्रघात तथा जनघातका कार्य भएको भन्दै त्यसविरुद्ध अर्को जनआन्दोलन गर्ने निर्णय गरेको हो। बैठकले एमसिसी खारेजी, नयाँ नक्सा जारी गरेपछि भूभाग फिर्ता लिनुपर्ने, कोरोना महामारीमा भएको भ्रष्टाचार तथा गैरजिम्मेवारको विरोध, निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेको छ।

    यस्तै गरिब तथा विपन्न परिवारलाई राहतको व्यवस्था, रोजगारी गुमाएकालाई रोजगारीको व्यवस्था गर्नुपर्ने, बलात्कार हत्याजस्ता अपराध नियन्त्रण गर्नुपर्ने असोज २९ गते माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको २० राजनीतिक दलको तर्फबाट सीपी गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई लगाइएको प्रतिबन्ध हटाउन सघर्ष अगाडि बढाईने भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार