Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भूकम्प प्रभावितलाई लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने


    मंगलबार, कार्तिक २१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प प्रभावितहरुका लागि लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने भएको छ । कोष सचिवालयको बैठकले तत्काल राहत र उद्धारका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

    जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कोषबाट प्रभावितहरुलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय भएको छ ।

    शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार