Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • भूकम्पपीडितलाई राष्ट्रपति पौडेलको आश्वासन : चिन्ता गर्नुपर्दैन, म सरकारसँग कुरा गर्छु


    मंगलबार, कार्तिक २१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने आश्वासन दिएका छन् ।

    आज जाजरकोटका भूकम्प प्रभावितसँगको भेटमा उनले भने, ‘तपाईंहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु’, राष्ट्रपतिको भनाइ उधृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

    उनले भूकम्प प्रभावितलाई जाडोयाम र वर्षाका बेलामा समस्या नहुने गरी अस्थायी आवासको प्रबन्ध गर्नुपर्ने बताएका छन् । त्यस्तै स्थायी आवास बनाउँदा दीर्घकालीन रुपमा उपयुक्त ठाउँको पहिचान गर्नुपर्ने पनि राष्ट्रपति पौडेलको भनाइ छ ।

    उनले स्थानीय जनप्रतिनिधिलाई लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुने गरी भूकम्प पीडितका लागि काम गर्न आग्रहसमेत गरेका छन् ।

    अहिलेको कठिन अवस्थामा भूकम्प प्रभावितलाई ठग्ने र झुक्याउनेजस्ता गलत काम हुन सक्ने भन्दै राष्ट्रपतिले सचेत र सतर्क हुन आग्रह गरेका छन् । ‘तपाईंहरुको समस्या समाधानका लागि म सँगै छु, चिन्ता नगर्नुस्’, राष्ट्रपति पौडेलको भनाइ उधृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

    राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका थिए । घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार