Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा करेन्ट लागेर दुई जनाको मृत्यु


    मंगलबार, कार्तिक २१ २०८०
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। झापाका छुट्टाछुट्टै स्थानमा करेन्ट लाग्दा दुई जनाको ज्यान गएको छ । झापाको दमक नगरपालिका–३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका–११ का ४५ वर्षीय चंखबहादुर सार्कीको सोमबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।

    मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर सिकिस्त घाइते भएका उनको मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    यसैगरी, कन्काइ नगरपालिका–३ स्थित घरमा टिनको छाना लगाउने क्रममा कन्काई–६ का ३६ वर्षीय रामकुमार श्रेष्ठलाई फलामे रड बोक्ने क्रममा बिजुलीको तारमा छोइँदा करेन्ट लागेको थियो ।

    सिकिस्त अवस्थाका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार