काठमाडौं । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मिथिला नगरपालिका ६ मगरटोलस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी चालक २६ वर्षीय अजयकुमार मण्डल भएको हो ।
मण्डलले चलाएको प्रदेश २ – ०२-००२ प १६५७ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भइ विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।