Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली प्रदेशका मन्त्रीहरु भूकम्प प्रभावित क्षेत्रमा खटिने, कार्यक्षेत्र अनुसार तोकियो जिम्मेवारी


    सोमबार, कार्तिक २० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कर्णाली प्रदेशका मन्त्रीहरू भूकम्प प्रभावित क्षेत्रमा खटिएर समन्वय तथा व्यवस्थापनको काम गर्ने तयारीमा जुटेका छन्।

    प्रदेश सरकारका मन्त्रीहरूबीच सोमबार प्रभावितको व्यवस्थापनबारे छलफल भएको थियो।

    छलफलबाट केही मन्त्री भूकम्प प्रभावित क्षेत्रमा बसेर समन्वय गर्ने निर्णय भएको हो। छलफलअनुसार आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह जाजरकोट जाजरकोटमा बस्ने छन्। कृषि मन्त्री भीम शर्मा रूकुम पश्चिम र सल्यानमा रहेर काम गर्नेछन्।

    मुख्यमन्त्री राजकुमार शर्मा पनि भूकम्प प्रभावित क्षेत्रमै केही दिन खटिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

    अन्य मन्त्रीहरूले सुर्खेतमै बसेर निरन्तर भूकम्प प्रभावितहरूको व्यवस्थापनको लागि समन्वय गर्ने निर्णय भएको छ।

    आ-आफ्नो कार्य क्षेत्रअनुसारको सबै मन्त्रीलाई व्यवस्थापन तथा समन्वयको जिम्मेवारी दिइएको स्रोतले बतायो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार