Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज कर्णालीमा शोक बिदा, भूकम्पमा परेर ज्यान गुमाएकाहरुप्रति दु:ख व्यक्त


    आइतबार, कार्तिक १९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। कर्णाली प्रदेश सरकारले आज शोक दिवस दिएको छ ।

    कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परि ज्यान गुमाएकाहरुप्रति दु:ख व्यक्त गर्दै शोक दिवस घोषणा गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसीले जानकारी दिए।

    उनका अनुसार राहत तथा उद्धार लगायतका कार्यका लागि प्रदेश सरकारले अति प्रभावित, प्रभावित, सामान्य प्रभावित पालिकाहरुलाई पाँच लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म तत्काल पालिकाको खातामा पठाउने निर्णय गरेको छ । पीडितहरुलाई पुनर्स्थापना गर्न कुनै कसर बाँकी नराख्ने पनि मन्त्री बीसीले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार