काठमाडौँ। निरन्तर विवादमा तानिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज (आइतबार) प्रहरी कार्यालयमा उपस्थित हुँदैछन् ।
पटकपटक विवादित अभिव्यक्ति दिने गरेका प्रसाईंलाई समालिएर बोल्न पटक/पटक प्रहरीले गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै आज बिहान ११ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा अनौपचारिक रूपमा उपस्थित हुन भनिएको थियो । उनलाई नियन्त्रणमा लिन राजनीतिक दबाब परिरहेका बेला प्रसाईं भने आफैँ प्रहरी कार्यालयमा उपस्थित हुन लागेका हुन्।
आज आफू प्रहरी कार्यालयमा उपस्थित हुन लागेको कुरा प्रसाईं आफैले पुष्टि गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गदै उनले आफू प्रहरीमा उपस्थित हुन लागेको बताएका हुन्। ‘कानुन को पालना गर्दै, हामि आफै आज साईबर ब्युरो मा उपस्थित हुदैछौ।’,उनले लेखेका छन्।
साथै उनले आफू दलहरूले गरेको भ्रष्टाचारविरुद्ध लड्न तयार रहेकोसमेत उल्लेख गरे।

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend