काठमाडौं। कास्कीको पोखरा महानगरपालिकाले भूकम्पका कारण ठूलो जनधनको क्षति बेहोरेको जाजरकोट र रुकुम पश्चिममा उद्धार एवम् खोजतलासका लागि राहतसहित नगर प्रहरीको टोली पठाएको छ । महानगरले पोखरा महानगरका वडाध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा उद्धार टोली प्रभावित क्षेत्रमा पठाएको हो ।
महानगरका २ वटा सानो गाडी र १ ट्रक राहतसहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको बताइएको छ । टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ ।
टोलीले राहत सामग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्ल्यांकेट र औषधि एवम् उपचारका आवश्यक सामग्री लिएर गएको महानगरले जनाएको छ ।
पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको एक महिनाको पारिश्रमिकबाट सोध भर्ना हुने गरी १३ लाख १५ हजार रूपैयाँ बराबरको राहत सहयोग पठाइएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend