Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यक्ष तिमिल्सिनाले भूकम्प राहत कोषमा एक महिनाको तलब दिने


    शनिबार, कार्तिक १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो एक महिनाको तलब भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने बताएका छन् । भूकम्पका पीडितहरुको राहत तथा उद्धारका लागि सरकारले बनाएको कोषमा अध्यक्ष तिमिल्सिनाले आफ्नो एक महिनाको तलब जम्मा गर्ने बताएका हुन् ।

    अध्यक्ष तिमिल्सिनाले प्राकृतिक विपत्तिको यो क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेहरुको उद्दार र पीडितका लागि राहत, उद्धार र पुनर्स्थापनामा जुट्न आग्रह गरेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार