Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप उपचारका लागि रुकुमबाट ७ घाइतेलाई काठमाडौँ ल्याइयो


    शनिबार, कार्तिक १८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गए राति गएको शक्तिशाली भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

    शनिबार उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो ।

    निगमको एक ट्विनअटर जहाज शनिबार बिहानैदेखि प्रभावित क्षेत्रमा उद्धार उडानमा खटिएको छ । उक्त जहाज चिकित्सक एवं स्वास्थ्य सामग्री लैजान परिचालन गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार