Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १३२ जनाको मृत्यु, १४० घाइते


    शनिबार, कार्तिक १८ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति गएको ६ दशमलव ४ रेक्टरको भूकम्पमा परी हालसम्म १३२ जनाको मृत्यु भएको छ ।

    आज बिहान साढे ९ बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ गरी १३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    जाजरकोटमा भूकम्पका कारण ५५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते रहेको जनाइएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उद्धार कार्य जारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार